arrow

तीन जना सवार स्कुटर दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
accident-final.jpg

पोखरा । पोखरामा मंगलबार बिहान तीन जना सवार स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १६ अम्विकाथरका १८ वर्षीय नारायण गुरुङ छन् । उनी स्कुटर चालक भएको बताइएको छ ।

सोही दुर्घटनामा घाइते भएका पोखरा-१६ कै चरण गुरुङ र अन्नपूर्ण गाउँपालिका वडा नं ४ सल्यानका विज्ञान केसीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखराको घार्मीबाट लामाचौरतर्फ आउने क्रममा उनीहरू सवार ग १० प २५२१ नम्वरको स्कुटर लामाचौरस्थित अमला विसौनीमा अनियन्त्रित भएर रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उनीहरू पोखराको बगरस्थित आदर्श स्कूलमा अध्ययनरत रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ