लिलौटीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुग्यो, कम्तीमा १० जना अस्पतालमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
970
Shares
रामेछाप । रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३-०१-००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।
साथै १० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।