arrow

कञ्चनजङ्गा क्षेत्रमा गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
earthquake-final-------.jpg

काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न स्थानहरूमा समेत महसुस गरिएको थियो।

केन्द्रले यो भूकम्प गएको स्थान नेपाल र भारतको सीमा क्षेत्र नजिकै रहेको जानकारी दिएको छ। मध्यरातमा भूकम्प गएका कारण स्थानीय बासिन्दा केही समय त्रसित बनेका थिए। 

भूकम्पबाट हालसम्म कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन। पूर्वी पहाडी क्षेत्रमा बेलाबेला यस्ता साना पराकम्प र भूकम्पहरू गइरहने हुनाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ