भदौ २४ को विध्वंशबाट ध्वस्त भाटभटेनी फेरि ठडियो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
939
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । भदौ २४ गते भएको हिंश्रक विध्वंशमा परेको पाँच महिनामै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । भाघ २४ गते उक्त सुपरमार्केट पुनः सञ्चालनमा आएको हो ।
गत भदौ २४ गते हिंश्रक विध्वंशका क्रममा भाटभटेनी सुपरमार्केटमा लुटपाट, तोडफोड र आगजनी गरिएको थियो । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुनः सञ्चालन गरेका हुन् ।
भदौ २३ गते केपी शर्मा ओली नेतृत्वको सरकारले जेन–जी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर जेन–जीहरूलाई मारेपछि त्यसको आक्रोशमा देशैभर विध्वंश मच्याइएको थियो ।
जसमा छानीछानी व्यक्तिगत सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि आगजनी, लुटपाट र तोडफोड गरिएको थियो ।
पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवनमा करिब पाँच महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।