एजेन्सी । चलचित्र निर्देशक करण जोहरले आफ्नो बायोग्राफीमा काजोल र उनबीचको सम्बन्धमा धेरै कुराको खुलासा गरेका छन् । करणले काजलसँगको सम्बन्ध पहिले जस्तो नरहने प्रस्ट बताएका छन् । करण पछि काजलले पनि आफ्नो कुरा राखेकी छन् । साथै उनले पहिलो पटक बिवादस्पद प्रतिक्रिया दिएकी छन् ।
हालै काजोल एक कार्यक्रममा सहभागि भएकी थिइन् । त्यहा उनलाई पत्रकारले करणसँग भएको कन्ट्रोभर्सीको बारेमा प्रश्न गरेका थिए । प्रश्नको उत्तरमा काजोलले भनिन् , "मलाई लाग्छ सम्बन्ध साँच्चै एकदम मुश्किल हुन्छ । मसँग बलिउडको बारेमा भन्न केहि छैन । साथै करणसँग जे भयो म त्यसमा पनि केहि भन्न चहान्न ।" काजलको यस भनाइबाट उनि करणको बिषयमा कुरा गर्न नचहाने प्रस्ट हुन सकिन्छ ।
करणले आफ्नो बायोग्राफी 'द अनसूटेबल ब्वाय' मा काजलसँग बिताएको २५ बर्षिय सम्बन्धको बिषयमा लेखेका छन् । उनले भारतका वरिष्ठ पत्रकार वीर सांघवीलाई दिएको एक अन्तर्वार्तामा उनको र काजोल बीचको सम्बन्ध सधैका लागि बन्द भएको बताएका थिए । उनि सो सम्बन्धमा दरार काजोल श्रीमान् अजयलाई दोषि ठहर्छन् ।
करण जोहरको चलचित्र 'ऐ दिल मुश्किल' र अजय देवगनको 'शिवाय' एकै दिन रिलिज भएको थियो । अजय देवगनले करणले कमाल आर खानलाई उनको बारेमा अश्लिल ट्वीट गर्न घुस खुवाएको आरोप लगाएका थिए ।