भारतको रेभा युनिभर्सिटीका पूर्व विद्यार्थीहरूको सम्मेलन काठमाडौँमा सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
900
Shares
काठमाडौँ । भारतको बेङ्गलोरस्थित रेभा युनिभर्सिटीका पूर्व विद्यार्थीहरुको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । ‘ग्रान्ड एलुम्नाइ मिट–नेपाल च्याप्टर २०२६’ कार्यक्रममा युनिभर्सिटीका अध्यक्ष तथा कुलपति डा.पी. श्यामा राजुको प्रमुख आतिथ्यता रहेको थियो भने विश्वविद्यालयका रजिस्ट्रार डा. एम. धनञ्जयको विशेष आतिथ्यता रहेको थियो ।
नेपालमा रहेका रेभा युनिभर्सिटीका पूर्व विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा सहकार्य विस्तार गर्ने लगायतका उद्देश्यले एलुमुनाइ मिट आयोजना गरिएको कार्यक्रम संयोजक राजेश बस्यालले जानकारी दिए ।
भारतको उच्च गुणस्तरीय र विश्वसनीय विश्वविद्यालयका रूपमा स्थापित रेभा विश्वविद्यालयमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई एउटै मञ्चमा जोड्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयका कुलपति पी श्यामा राजुले गुणस्तरीयता र व्यवसायीकता आफूहरुको मुख्य प्राथमिकतामा रहेको जानकारी दिए । उनले आफ्ना विद्यार्थीहरूलाई एकै ठाउँमा भेट्न पाउँदा खुशी लागेको उल्लेख गर्दै सम्बन्ध र स्नेहमा कुनै कमी नरहेको अनुभव सुनाए ।
रजिष्ट्रार धनञ्जयले भने रेभा विश्वविद्यालयमा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीहरूले नेपालका विभिन्न निकाय तथा संस्थाहरूमा ठूला जिम्मेवारी लिएर राम्रो काम गरेको थाहा पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गरे ।
कार्यक्रमले नेपाल र भारतबीचको शैक्षिक तथा दुई देशीय सम्बन्ध सुदृढ गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको वक्ताहरूले बताए । कार्यक्रममा रेभा विश्वविद्यालयका विद्यार्थी, नेपालका प्रतिष्ठित शिक्षासेवी, विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य सहभागीता रहेको थियो ।