arrow

एनआईसी एशिया बैङ्कद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
nic-asia-gold-loan-feb-2026.jpg

काठमाडौँ। ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एन आई सी एशिया बैङ्कले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा एक देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ।

समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैङ्कले ग्राहकहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत ग्राहकहरूले रु. ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने छन्। औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

साथै, यस कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैङ्कले उपलब्ध गराएको छ। ग्राहकहरूले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरूबाट प्राप्त गर्न सक्ने छन्।

ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरूप बैङ्कले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ