arrow

अमेरिकी युद्धपोतको छायाँमा वार्ताको तयारी

इरानसँग नयाँ कूटनीतिक मोड आउने सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
iran-maps.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन्। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’ को रूप लिने चेतावनी दिएको केही घण्टापछि नै ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य शक्ति तैनाथ गरे पनि आफ्नो पहिलो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे। उनले सम्झौता नभएको खण्डमा मात्र खामेनेईको चेतावनी कति सही थियो भन्ने कुरा प्रस्ट हुने बताए।

"हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजिकै छन् तर केही दिनभित्रै सम्झौता हुन्छ भन्ने आशा छ," ट्रम्पले भने। यसअघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल 'एक्स' मार्फत अमेरिकालाई सैन्य कारबाही नगर्न चेतावनी दिएका थिए। उनले अमेरिकाले युद्ध सुरु गरे त्यसले सीमित रूप नलिई सम्पूर्ण क्षेत्र नै युद्धको आगोमा फस्ने दाबी गरेका थिए। युद्धपोत र लडाकु विमानको धम्कीले इरानी जनता नडराउने भन्दै उनले इरानमाथि आक्रमण भए कडा र निर्णायक जवाफ दिने चेतावनी दिए। खामेनेईले अमेरिकाले इरानको तेल, ग्यास र खनिज स्रोतमाथि प्रभुत्व जमाउन खोजेको आरोप समेत लगाएका छन्।

यस तनावका बीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले भने अमेरिका–इरान वार्ताको तयारी भइरहेको सङ्केत दिएका छन्। उनले सञ्चारमाध्यममा आएका हल्लाभन्दा फरक रूपमा वार्ताका लागि संरचनात्मक तयारीहरू अगाडि बढिरहेको बताए पनि वार्ताको निश्चित ढाँचाबारे भने केही खुलाएका छैनन्। अमेरिकाले हाल इरान नजिकै ठूलो नौसैनिक समूह तैनाथ गरेको छ भने ट्रम्पले इरान वार्तामा आउन इच्छुक रहेको दाबी गर्दै आएका छन्। दुवै देशका नेताहरूबीच वाकयुद्ध चले पनि कूटनीतिक समाधानको ढो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ