arrow

दल र उम्मेद्वारले गरे निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
election-falgun2102082-1.jpg

बाँके । तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेद्वारसँग बिहीबार सम्पन्न भएको हो । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेद्वारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्यासीहरू सचेत रहनुपर्नेमा जोड दिए । 

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन आचारसंहिता पालना भए नभएको कडाइका साथ अनुगमन गरिने बताए । 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीका प्रतिनिधि सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ