arrow

गहुँका जरामा कीरा र पातमा ढुसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
gahun-kheti-chitwan.jpg

चितवन । चितवनमा लगाइएको गहुँमा नयाँ रोग देखिएको छ। जरामा लाही (कीरा) र पातमा ढुसी लागे जस्तो समस्या अहिले यहाँ लगाइएको गहुँमा देखिएको छ।

भरतपुर महानगरपालिकाका किसानले लगाएको गहुँमा यो समस्या देखिएको हो।

कृषि विकास कार्यालयका अनुसार तराई क्षेत्रमा देखिँदै आएको यस रोगको सङ्क्रमण अहिले चितवनमा पनि देखिएको हो।

कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार अहिले किसानले गहुँको पात पहेँलो भएको र जरामा कीराले खाएको जस्तो समस्या लिएर आएका छन्।

अहिले रोग के हो भन्ने पुष्टि हुन नसकेको उनले बताइन्।

उनले भनिन्, 'किसान समस्या लिएर कार्यालय आएका छन्, हामी फिल्डमा गएर अध्ययन गर्ने क्रममा छौँ, अध्ययनपछि मात्रै कुन रोग हो भन्ने पुष्टि गर्न सकिन्छ।'

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरकी वैज्ञानिक सरस्वती न्यौपाने अहिले नै कुन रोग हो भनेर भन्न सकिने अवस्था नरहेको बताउँछिन्।

विषयगत रूपमा अध्ययनको काम नगरी यही रोग भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताइन्।

परीक्षणका लागि नमूना सङ्कलन गर्ने काम भइरहेको उनले बताइन्। जिल्लामा चार हजार सात सय ११ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ।

गत वर्ष सो क्षेत्रफलमा १५ हजार पाँच सय ७७ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

यस वर्ष गहुँ लगाउने ठाउँमा राज्मा खेती पनि गरिएको पाइएकाले केही क्षेत्रफल घट्ने अनुमान गरिएको पौडेलले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ