काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
810
Shares
काठमाडौं । बुद्ध एयरले बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौँ विमानस्थलस्थित आफ्नो कार्यालयको उडान सेवा बन्द गरेको छ।
हुस्सुका कारण उडान भर्न समस्या आएपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै बुद्ध एयरले तत्कालका लागि सेवा रोकेको हो।
विमानस्थलको मौसममा सुधार आउन र उडान सुचारु हुन अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी दिएको छ।
काठमाडौँका साथै विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलहरू पनि प्रतिकुल मौसमका कारण खुल्न बाँकी रहेका छन्। यी बाहेक देशका अन्य सबै विमानस्थलहरू भने हाल सञ्चालनमा रहेका छन्।