arrow

चुनावको चहलपहल बढ्दा पनि आएन प्रचार सामग्रीको ठूलो अर्डर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
printing-press-82-10-14 (6).jpg

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । पूरै देश चुनावमा होमिइसकेको छ ।

देशभर प्रचारप्रसार भइरहँदा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन । पहिलेका चुनावमा निकै व्यस्त हुने व्यवसायीहरूले ठूलो अर्डर नआएको बताएका छन् । 

स-सानो काममात्रै उनीहरुले पाइरहेका छन् । उनीहरुका अनुसार पहिले पहिले चुनावको एक महिना अघि नै अर्डर पुरा गर्न हम्मेहम्मे हुन्थ्यो । एकैपटक लाख-लाख पिसको अर्डर आउने गर्थ्यो। यो पटक भने धेरै चहलपहल छैन ।

निर्वाचन प्रचारप्रसारमा दलका झण्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरुको अनुमान छ ।
 

printing-press-82-10-14 (9).jpeg
printing-press-82-10-14 (8).jpeg
printing-press-82-10-14 (7).jpeg
printing-press-82-10-14 (6).jpeg
printing-press-82-10-14 (5).jpeg
printing-press-82-10-14 (4).jpeg
printing-press-82-10-14 (3).jpeg
printing-press-82-10-14 (2).jpeg
printing-press-82-10-14 (1).jpeg
printing-press-82-10-14 (12).jpeg
printing-press-82-10-14 (11).jpeg
printing-press-82-10-14 (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ