पार्टी १२ दिन ‘कोमा’ पछि तन्दुरुस्त भएर निस्कियौँ : कुलमान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
849
Shares
पोखरा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय हुन नदिइने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ-रामेछाप मञ्च गठन कार्यक्रममा अध्यक्ष घिसिङले यस्तो बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताए ।
रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्द्रुस्त भएर निस्किएको बताए ।
उनले आशन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेद्वार भएका एक सय २१ जना उम्मेद्वारलाई जिताउन समेत अपील गरे ।
उनले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरू तडकभडकमा लाग्नु दुःखद् भएको बताए ।
उनले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धिबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गरे ।