सकियो समानुपातिकतर्फको मतपत्र छपाइ, प्रत्यक्ष तर्फको शुरू [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
726
Shares
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
केन्द्रले सोमबारबाटै प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य शुरू गर्ने उनले जानकारी दिए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ ।
यसैबीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गरेका छन् ।
उनले समानुपातिक तर्फको मतपत्र छपाइ सकिएकोप्रति सन्तुष्ट व्यक्त गर्दै अब द्रूत गतिमा प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य पनि गर्न सुझाएका छन् ।