arrow

भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा : अर्थमन्त्री खनाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
rameshwor-khanal-finance-minister.jpg

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । 

भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको बताए ।

उनका अनुसार भन्सार ऐनलाई पूर्णरुपमा सरकारले कार्यान्वयन गर्नेछ। त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर सोमबार मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्नेछ ।  

अर्थमन्त्री खनालले भने, ‘हामीले निजी क्षेत्रलाईं सहज गराउनको लागि नयाँ भन्सार ऐन ल्याएको हो । त्यो भन्सार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि भन्सार नियमावली तर्जुमा गर्न लागेका छौँं । केही लामोसमय लागेकै हो । मेरो विचारमा त्यो सोमबार साँझसम्ममा मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषद्बाट प्रक्रिया पूरा गरेर नियमावली पास हुनेछ ।’

भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरु आउने गरेको भन्दै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्ने बताए ।

निजी क्षेत्र र भन्सार-अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्न नपर्ने अवस्थामा जानुपर्ने खनालले बताए । 

भन्सार प्रशासनलाई सुधार गर्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत उनले बताए । 

त्यसले दण्ड हुनुपर्ने अवस्थाको अन्त्य गर्नसक्ने भन्दै अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ