-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने एक सय १० जना घाइते भएका छन् ।
यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा चार सय ५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ ।
प्राधिकरणले यो तथ्यांक प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएको छ ।
विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।