arrow

नेपाली शिक्षा परिषद्को साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
nepali-sikchaya-parisad-.jpg

काठमाडौँ । साहित्य र समाजसेवामा समर्पित संस्था नेपाली शिक्षा परिषद्को साधारण सभा सम्पन्न भएको छ ।

सभाले परिषद्का सदस्यसचिव लक्ष्मण थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष शंकरप्रसाद पाण्डेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । 

परिषद्की अध्यक्ष साहित्यकार रमा शर्माले परिषद्ले गर्दै आएका कामहरूबारे जानकारी गराउँदै आजको समयमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन् ।

वि.सं. २००८ सालमा स्थापित परिषद्ले ७५ वर्ष पुगेकोमा यस वर्ष हीरक महोत्सव मनाउने घोषणा गरेको छ । उक्त अवसरमा विभिन्न कार्यक्रमहरू गरिने अध्यक्ष शर्माले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ