arrow

एउटै पालिकाका चार उम्मेद्वार चुनावी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
kalkot-election.jpg

सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेद्वार बनेका छन् ।

जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन/तीन उम्मेद्वार चुनावी मैदानमा होमिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा छन् ।

पचालझरना गाउँपालिका नेपाली कांग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्रबहादुर शाही र देशभक्त समाज पार्टीका प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन् ।

खाँडाचक्र नगरपालिकाका स्थायी बासिन्दा नेपाली कांग्रेसका नेता भूपेन्दजंग शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी उम्मेद्वार बनेका छन् ।

नरहरीनाथ गाउँपालिकाका स्थायी बासिन्दा नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, नेपाली कम्युनिष्ट पार्टीका बागी उम्मेद्वार जीवनबहादुर बुढा र जस्मिन बिष्टले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । नेमकिपाका उम्मेद्वार नन्दबहादुर शाही शुभकालिकाका स्थायी बासिन्दा हुन् ।

कालिकोटमा प्रतिनिधि सभाको निर्वाचन रोचक बन्दै गएको छ । झण्डै दुई दशकपछि प्रकाण्डको उपस्थिति नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा देखिएको असन्तुष्टिले चुनावी परिणाम आकलन गर्न सहज नभएको स्थानीयहरूले बताएका छन् ।

२०६४ सालमा कालिकोटमा चुनाव लडेका प्रकाण्ड, लगातार चौथो पटक चुनाव लडेका महेन्द्रबहादुर शाही र यसअघि चुनाव लडिसकेका भूपेन्द्रजंग शाही र नगेन्द्र शाहीलाई नयाँ अनुहारले चुनौती दिएका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मान्दै आएको कालिकोटमा प्रतिनिधि सभा निर्वाचनपछि परिणाम विगतको भन्दा फरक आउने आकलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ