arrow

अटो दुर्घटना एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
accident-final.jpg

इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका-३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो ।

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए ।

गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ