arrow

एसईई चैत १९ बाट [तालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
exam-board-see-2081.jpg
तस्बिर : फाइल

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको हो । 

बोर्डका अनुसार २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट शुरू हुनेछ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । 

संस्कृततर्फ सोही दिन अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबी भाषा र अंग्रेजीको परीक्षा हुनेछ छ ।

दोस्रो दिन चैत २० गते शुक्रबार नेपाली, चैत २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि रहेको छ । २४ गते सामाजिक अध्ययन रहेको छ । २५ गते ऐच्छिक पहिलो र २६ गते ऐच्छिक दोस्रो विषय रहेको छ । 

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ