arrow

तेस्रो पटकमा काठमाडौँ-१ बाट चुनाव जित्ने रवीन्द्र मिश्रको दावी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
rabindra-misra-06-10.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँको क्षेत्र नं १ मा उम्मेद्वारी मनोनयनका लागि पुगेका उनले सञ्चारकर्मीमाँझ सो कुरा बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै संकल्प लिएको बताए।

उनले काठमाडौँका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गरे  ।

यसअघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परे पनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताए ।

उनले भने, ‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु। तेस्रो पटक काठमाडौँ विजय गरे। मैले तेस्रो पटक काठमाडौँ क्षेत्र नं १ मा विजय हासिल गर्ने हो। पृथ्वीनारायण शाहले देशको निर्माण गरे। देशको गौरव बने। म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदाखेरी सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउनेछन भन्ने कुरामा म ढुक्क छु ।’ 

मिश्रले मुलुकलाई संकटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ