कास्की-१ मा कांग्रेसका तिलक रानाभाटले गराए उम्मेद्वारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
1k
Shares
पोखरा । नेपाली कांग्रेसका नेता तिलक रानाभाटले उम्मेद्वारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले कास्की क्षेत्र नं १ मा उम्मेद्वारी दर्ता गराएका हुन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरू र्याली लिएर रानाभाट निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
कास्की क्षेत्र नं १ मा रानाभाटलाई बलियो उम्मेद्वार मानिएको छ। उनको उम्मेद्वारीले कांग्रेसका नेता कार्यकर्ता उत्साहित भएका छन् । उनी व्यवसायी हुन् ।
उनी विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् ।