arrow

पूर्व मुख्यमन्त्री भर्सेस पीएचडी स्कलर: लमजुङमा फागुन २१ को निर्वाचनका लागि उम्मेदवार तय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
prithivisubba-gurung-15-08.jpg

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङमा चुनावी सरगर्मी बढेको छ। यसपटकको निर्वाचनमा नेकपा (एमाले) का हेभिवेट उम्मेदवार र नयाँ युवा उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपा (एमाले) ले आफ्ना उपाध्यक्ष एवं पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पुनः प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। एमाले केन्द्रीय सचिवालयको बैठकले पूर्व सञ्चारमन्त्री समेत रहेका गुरुङलाई लमजुङबाटै निरन्तरता दिने निर्णय गरेको हो।

विसं २०७९ को निर्वाचनमा गुरुङ ३४ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका थिए। उनी विसं २०७४ मा गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री समेत बनेका थिए। लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन्, जहाँ गुरुङको बलियो पकड मानिन्छ।

त्यसैगरी, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३६ वर्षीय युवा नेता हरिजङ्ग तामाङलाई चुनावी मैदानमा उतारेको छ। बेँसीसहर नगरपालिका-१० का स्थायी बासिन्दा तामाङलाई पार्टी संयोजक प्रचण्ड र सह-संयोजक नेपालले उम्मेदवारीको आधिकारिक टिकट प्रदान गरेका हुन्।

राजनीति शास्त्रमा एमफिल-पीएचडी गरिरहेका तामाङले यसअघि विसं २०७९ को प्रदेशसभा निर्वाचनमा लमजुङ-१ (क) बाट उम्मेदवारी दिएका थिए। प्रभावशाली नेता देव गुरुङ यसपटक चुनावी प्रतिस्पर्धाबाट पछि हटेपछि युवा नेता तामाङले एमालेका अनुभवी नेता पृथ्वी सुब्बा गुरुङसँग सिधा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ