arrow

बच्चाको टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारले मुद्दैमुद्दा लगायो : रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
rabi-lamichhane-05-10.jpg

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् ।

जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए ।

उनले भने, ‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो । हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौँ ।’

आफूमाथि निरन्तर मुद्दा लगाइँदै आएको उल्लेख गर्दै उनले ती मुद्दाबाट नडराउने स्पष्ट पारे । ‘प्रत्येक दिन मेरो टाउकोमा मुद्दा लगाइएका छन् तर मलाई प्रवाह छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे यस्ता मुद्दाहरूमा लड्दै जित्दै जान्छ । हारे हारिन्छ, जिते जितिन्छ,’ उनले भने ।

लामिछानेले काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयर बालेन शाहसँगको भेटबारे पनि धारणा राखे । उनले बालेनसँगको भेट पाँच मिनेटमै टुंगिएको भन्दै देश र जनतालाई केन्द्रमा राख्दा लामो वार्ताको आवश्यकता नपर्ने बताए ।

‘जुन दिन बालेनसँग मेरो भेट भयो, त्यही दिन हामीले आफ्ना सपनाहरू साझा गरेका थियौँ। पाँच मिनेट एकअर्कालाई चिन्न मात्रै समय खर्च गर्यौं। जब देशलाई केन्द्रमा राखिन्छ, वार्ताको नाटक गरिराख्नु पर्दैन,’ उनले भने ।

उनले आफू र बालेन शाह दुवै देशको हित र जनताको चाहनाअनुसार एक ठाउँमा आएको उल्लेख गर्दै नेपालले अब गरिबी र विभेद सहन नसक्ने अवस्था आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ