arrow

मधेसका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
satishkumar-singh-cm.jpg

महेन्द्रनगर । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । जनकपुरधामस्थित मधेस प्रदेश सभा कार्यालयमा प्रदेश सभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाएका हुन् । 

मधेस प्रदेश सभाको प्रदेश सभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा उनले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ ९१० बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

जनमत पार्टीबाट सप्तरीको प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंहले आजैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ