arrow

तोलाको दुई लाख ८२ हजार पुग्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ । 

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा चार हजार दुई सय र चाँदीको एक सय ८५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार कायम भएको सुनचाँदीको भाउ इतिहासकै सर्वाधिक हो ।

सोमबार मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ । 

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँ रहेको थियो । 

यता, आइतबार प्रतितोला पाँच हजार छ सय २५ रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढेर पाँच हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ