काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका वालेन्द्र साह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताको पदबहाली गरेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लागेका बालेनले आज महानगरपालिका उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरेका हुन् ।
रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेका बालेनले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरेका हुन् ।