arrow

एमालेको उम्मेदवार सूचीमा पुरूष वर्चस्व: प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व अत्यन्तै न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
uml-flag.png

काठमाडौँ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ, तर सार्वजनिक सूचीमा महिलाको सङ्ख्या भने अत्यन्तै न्यून देखिएको छ। प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले केही सीमित क्षेत्रमा मात्र महिलालाई उम्मेदवार बनाएपछि पार्टीभित्र र बाहिर लैङ्गिक समावेशीताको विषयलाई लिएर आलोचना सुरु भएको छ।

पार्टीको निर्णयअनुसार कञ्चनपुरबाट कमला बोहरा, सोलुखुम्बुबाट कल्पना राई र ओखलढुङ्गाबाट अस्मिता थापालाई चुनावी मैदानमा उतारिएको छ। त्यसैगरी सुनसरीमा भगवती चौधरी, बारामा ज्वाला शाह, तनहुँमा भगवती न्यौपाने, बर्दियामा विमला विक र धनुषामा जुली महतोले मात्र प्रत्यक्षतर्फ टिकट पाएका छन्। यी बाहेकका अधिकांश क्षेत्रमा पुरुष उम्मेदवारकै वर्चस्व देखिएपछि एमालेले महिला सहभागिता बढाउने आफ्नो नीतिलाई प्रभावकारी रूपमा लागू गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको हो।

एमालेको यो पुरुष प्रधान उम्मेदवार संरचनाले संविधानको मर्म र समावेशी लोकतन्त्रको भावनालाई उपेक्षा गरेको टिप्पणी भइरहेको छ। प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व खुम्चिँदै जाँदा यसले आगामी निर्वाचनमा लैङ्गिक समानता र समावेशीता सम्बन्धी बहसलाई थप सक्रिय बनाउने निश्चित देखिएको छ। उम्मेदवार छनोटमा देखिएको यो असन्तुलनले समावेशी राजनीतिको दाबी गर्ने एमालेको छविमाथि समेत प्रश्नचिह्न खडा गरिदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ