arrow

प्रतिनिधिसभा निर्वाचन २०८२

माघ ६ को मनोनयनअघि एमालेको दौडधुप: कसले कहाँबाट पाए टिकट ?

केपी ओली झापा-५ बाटै मैदानमा, विष्णु पौडेल पाल्पा सर्दा योगेश भट्टराईको नाम गायब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
uml-sachibalaya-new-082-09.jpg

काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा करिब ७ घण्टासम्म चलेको सचिवालय बैठकले उम्मेदवारहरूको नाम तय गरेको हो। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार केही बाँकी रहेका क्षेत्रहरूको हकमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरी अन्तिम निर्णय लिने र नाम सार्वजनिक गर्ने सहमति भएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले एमालेले उम्मेदवार चयन प्रक्रियालाई छिटो टुङ्ग्याएको हो।

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाटै पुनः चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ। कोशी प्रदेशका अन्य क्षेत्रहरूमा सुहाङ नेम्वाङ इलाम–२, राजेन्द्र राई धनकुटा र शेरधन राई भोजपुरबाट उम्मेदवार बनेका छन्। मधेश प्रदेशतर्फ धनुषा–४ मा रघुवीर महासेठ, धनुषा–३ मा जुली महतो र बारा–३ मा ज्वाला शाहले टिकट पाएका छन्। बागमती प्रदेशमा महेश बर्तौला मकवानपुर–२, पार्वत गुरुङ दोलखा र शेरबहादुर तामाङ सिन्धुपाल्चोक–२ बाट प्रत्याशी बनेका छन् भने काठमाडौँ र ललितपुरका केही क्षेत्रमा उम्मेदवार तोक्न बाँकी राखिएको छ।

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ लमजुङ, पदम गिरी पर्वत र केदार सिग्देल तनहुँ–२ बाट चुनाव लड्ने भएका छन्। लुम्बिनी प्रदेशमा प्रदीप ज्ञवाली गुल्मी–१, गोकर्ण विष्ट गुल्मी–२ र विष्णुप्रसाद पौडेल पाल्पा–२ बाट मैदानमा उत्रिनेछन्। कर्णाली प्रदेशका सुर्खेत–१ मा ध्रुव शाही र जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार चयन भएका छन् भने सुदूरपश्चिममा लेखराज भट्ट कैलाली–४, दामोदर भण्डारी बैतडी र गणेशसिंह ठगुन्ना दार्चुलाबाट उम्मेदवार बनेका छन्। केही जिल्लाका बाँकी रहेका क्षेत्रहरूको नाम अध्यक्ष ओलीले थप गृहकार्य गरी माघ ६ गतेअगावै सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेश सुदूरपश्चिममा कैलालीका ५ वटा क्षेत्रमा क्रमशः द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाइएको छ। कञ्चनपुरमा कमला बोहरा, वचनबहादुर सिंह र दीपक भट्टले टिकट पाएका छन्। त्यस्तै, दार्चुलाबाट गणेशसिंह ठगुन्ना र बैतडीबाट दामोदर भण्डारी चुनावी मैदानमा उत्रने भएका छन्। कर्णाली प्रदेशतर्फ सुर्खेतमा ध्रुव शाही र कुलमणि देवकोटा, दैलेखमा रविन्द्रराज शर्मा र लक्ष्मीराज शर्मा तथा जाजरकोटमा डम्मरबहादुर सिंह उम्मेदवार चयन भएका छन्।

लुम्बिनी र गण्डकी प्रदेश लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट तथा विष्णुप्रसाद पौडेल पाल्पा–२ बाट उम्मेदवार बन्ने भएका छन्। प्यूठानमा सूर्य थापा र अर्घाखाँचीमा पिताम्बर भुसालले टिकट पाएका छन्। गण्डकी प्रदेशमा लमजुङबाट पृथ्वीसुब्बा गुरुङ, पर्वतबाट पदम गिरी र कास्कीका तीनवटै क्षेत्रमा क्रमशः बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी प्रत्याशी बनेका छन्। तनहुँ–१ मा भगवती न्यौपाने र स्याङ्जामा मीनप्रसाद गुरुङ तथा खिमबहादुर थापालाई उम्मेदवार बनाइएको छ।

बागमती र मधेश प्रदेश बागमती प्रदेशको राजधानी काठमाडौँमा मोहन रेग्मी, मणिराम फुयाल, रामेश्वर फुयाल, अमनकुमार मास्के, राजेश शाक्य र विनोद श्रेष्ठले टिकट पाएका छन्। चितवनमा कृष्णराज पाठक, अस्मिन घिमिरे र शंकरराज थपलिया उम्मेदवार बनेका छन्। मधेश प्रदेशतर्फ धनुषामा रघुवीर महासेठ र जुली महतो, बारामा अच्युत मैनाली, ज्वाला शाह र किसान श्रेष्ठले टिकट पाएका छन्। सिरहामा लिलानाथ श्रेष्ठ र सप्तरीमा सुमन प्याकुरेल चुनावी दौडमा सामेल भएका छन्।

कोशी प्रदेश कोशी प्रदेशमा अध्यक्ष केपी शर्मा ओली स्वयं झापा–५ बाट उम्मेदवार बनेका छन्। इलाममा सुहाङ नेम्वाङ र काजिमान कागते, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेरधन राई र सुनसरीमा भगवती चौधरीलाई मैदानमा उतारिएको छ। सोलुखुम्बुमा कल्पना राई र ओखलढुङ्गामा अस्मिता थापा एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रनेछन्।

रुपन्देही र काठमाडौँका केही क्षेत्र तथा कपिलवस्तु र सर्लाहीका केही स्थानमा भने उम्मेदवारको नाम अध्यक्षले थप छलफल गरी टुङ्ग्याउने जिम्मेवारी सचिवालयले दिएको छ।

एमालेले धनुषामा प्रभावशाली जोडी रघुवीर महासेठ र जुली महतोलाई क्रमशः क्षेत्र नं ४ र ३ बाट उम्मेदवार बनाएको छ। त्यस्तै, बारामा पनि एमालेले बलियो टिम उतारेको छ, जसमा अच्युत मैनाली, ज्वाला शाह र किसान श्रेष्ठ जस्ता नेताहरू रहेका छन्। बारा क्षेत्र नं २ बाट बलवीर चौधरीले प्रतिस्पर्धा गर्नेछन्।

सिराहा र रौतहटमा उम्मेदवारको स्पष्टता सिराहाका चारवटै क्षेत्रमा एमालेले नाम टुङ्ग्याएको छ। जसअनुसार क्षेत्र नं ३ बाट पूर्वमन्त्री लिलानाथ श्रेष्ठ चुनावी मैदानमा उत्रिनेछन् भने अन्य क्षेत्रमा केदार यादव, नवीनकुमार यादव र बिल्टु यादवले टिकट पाएका छन्। रौतहटमा अजय गुप्ता, शैलेन्द्र साह, कुन्दन कुशवाहा र रामजी शाहलाई प्रत्याशी बनाइएको छ।

पर्सा, महोत्तरी र सर्लाहीको अवस्था महोत्तरीमा लक्ष्मी महतो कोइरी, रामपरिक्षण यादव र सरोज यादवको नाम तय भए पनि क्षेत्र नं ३ मा उम्मेदवार तोक्न बाँकी छ। पर्सामा प्रमोद जैसवाल र जालिम मियाँ अन्सारीको नाम टुङ्गिएको छ भने क्षेत्र नं १ र २ बाँकी राखिएको छ। सर्लाहीमा क्षेत्र नं ३ बाट हरि उप्रेतीले टिकट पाएका छन् भने अन्य क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरी नाम सार्वजनिक गर्ने तयारी छ।

एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः झापा क्षेत्र नं ५ बाट चुनावी मैदानमा उत्रिने भएका छन्। झापाकै क्षेत्र नं १ मा रामचन्द्र उप्रेती र क्षेत्र नं २ मा प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरेले टिकट पाएका छन्छ। यस्तै, इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङ र क्षेत्र नं १ मा काजिमान कागतेलाई प्रत्याशी बनाइएको छ। पाँचथरमा ऐन्द्रसुन्दर नेम्वाङले चुनावी मोर्चा सम्हाल्नेछन्।

पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीहरूको बाहुल्यता कोशी प्रदेशमा एमालेले आफ्ना प्रभावशाली नेताहरूलाई मैदानमा उतारेको छ। भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई र धनकुटामा राजेन्द्र राई उम्मेदवार चयन भएका छन्। सुनसरी क्षेत्र नं ४ बाट भगवती चौधरी र तेह्रथुमबाट पूर्वमन्त्री भानुभक्त ढकालले टिकट पाएका छन्छ। यस्तै, मोरङमा घनश्याम खतिवडा, दिलीप बगेडिया, दिलीप राई र जीवन घिमिरेको नाम टुङ्गिएको छ।

महिला उम्मेदवार र अन्य जिल्ला पहाडी जिल्लाहरूमा एमालेले महिला नेतृत्वलाई पनि अघि सारेको छ। सोलुखुम्बुबाट कल्पना राई र ओखलढुङ्गाबाट अस्मिता थापाले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नेछन्। उदयपुरमा दुर्गा थापा स्वोती र अमर रायमाझी तथा खोटाङमा देवविक्रम राई उम्मेदवार तय भएका छन्। संखुवासभाबाट डा. अर्जुन कार्की र सुनसरी क्षेत्र नं १ बाट सूर्य पन्दाक मैदानमा उत्रिनेछन्।

ताप्लेजुङको एक मात्र क्षेत्र तथा झापा, सुनसरी र मोरङका केही क्षेत्रमा भने उम्मेदवार तोक्न बाँकी छ। माघ ६ गते हुने मनोनयन दर्ता अगावै ती क्षेत्रहरूको निर्णय अध्यक्ष ओलीले गर्ने गरी सचिवालयले जिम्मेवारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ