arrow

पञ्जाबमा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
accident-final.jpg

काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एक मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा अन्य धेरै घाइते भएका छन् ।

उद्धार अधिकारीहरूकाअनुसार बाक्लो कुहिरोका कारण कम दृश्यात्मकता हुँदा सो दुर्घटना भएको हो ।

पञ्जावको सरगोधा जिल्लामा भएको यस दुर्घटनामा ट्रक सडकबाट चिप्लिएर सुक्खा नहरमा खसेको रेस्क्यु ११२२ ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालहरूमा लगिएको थियो ।

उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ