arrow

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा छ सय रुपैयाँ बढ्दा चाँदीको २० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

सुनको भाउ गत शुक्रबार प्रतितोला दुई लाख ७७ हजार दुई सय रुपैयाँ रहेको थियो । 

सुनको भाउ हालसम्मकै उच्च गत पुस ३० मा प्रतितोला दुई लाख ७८ हजार पुगेको थियो ।

यता, गत शुक्रबार प्रतितोला पाँच हजार छ सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर आइतबार पाँच हजार छ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको भाउ हालसम्मकै उच्च गत पुस ३० मा प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ