arrow

कांग्रेस विवाद सर्वोच्चमा

आयोगको निर्णयविरुद्ध देउवा समूहले आज सर्वोच्चमा रिट हाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
supreme-court-photo-oli.jpg

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सर्वोच्च अदालतको ढोकासम्म पुगेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षले त्यसका विरुद्ध आज रिट दायर गर्ने तयारी गरेको हो।

शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई कानुनी रूपमा चुनौती दिने निर्णय गरेको थियो। सो समूहले गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशन वैधानिक नभएको र त्यसको कुनै राजनीतिक औचित्य नरहेको दाबी गर्दै आएको छ।

कानुनी लडाइँको संयोजन गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। खड्काले वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती र शेरबहादुर केसी लगायतका कानुन व्यवसायीहरूसँग परामर्श गरी रिटको मस्यौदा तयार पारिसकेका छन्।

पार्टीको संस्थापन पक्ष मानिने देउवा समूहले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको अवस्थामा निर्वाचन आयोगले अर्को पक्षलाई आधिकारिकता दिएपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको हो। आज दायर हुने भनिएको उक्त रिटले नेपाली कांग्रेसको भविष्य र आगामी राजनीतिक समीकरणमा ठूलो अर्थ राख्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ