माघ ६ गतेको मनोनयनअघि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन रास्वपाको गृहकार्य
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
740
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।
विशेष गरी निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि यही माघ ६ गतेको समय सीमा तोकेका कारण रास्वपाले आजको बैठकबाट आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाउने मुख्य तयारी गरेको छ।
बैठकमा चुनावी तयारीका साथै उम्मेदवार छनोटका मापदण्ड र समसामयिक राजनीतिक मुद्दाहरूमा समेत विस्तृत छलफल हुने बताइएको छ। माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने दबाबका बीच बसेको यो बैठकले प्रत्यक्षतर्फ कसलाई चुनावी मैदानमा उतार्ने भन्ने विषयमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।
अन्य दलहरू पनि उम्मेदवार चयनमा व्यस्त रहेको बेला रास्वपाले पनि आफ्नो चुनावी रणनीति र सांगठनिक तयारीलाई तीव्रता दिएको छ।