पुलबाट मोटरसाइकल खस्दा भएको दुर्घटना: भारतीय नागरिकको मृत्यु, एक गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
733
Shares
काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गौर–गंगापिपरा सडक खण्डमा पर्ने सो पुलबाट बिआर ३० एई ५१३८ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो। मृत्यु हुनेमा भारतको बिहार राज्य, शिवहर जिल्लास्थित महनपुर गाउँका मिन्टु पासवान रहेका छन्। उनको पहिचान मोबाइलमा आएको परिवारको फोनमार्फत प्रहरीले पुष्टि गरेको हो।
सोही दुर्घटनामा परी सोही गाउँका राजेश पासवान गम्भीर घाइते भएका छन्। उनलाई प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार अत्यधिक तीव्र गति र चालकले मदिरा सेवन गरेका कारण मोटरसाइकल अनियन्त्रित भई पुलबाट खसेको हो। दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।