arrow

एउटै विद्यालयका पाँच विद्यार्थीको ऐतिहासिक सफलता: मेचीनगरका पाँचै जनाले गरे विद्यावारिधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
kavi-siromani-school-jhapa.jpg

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि (पिएचडी) गरेर अनौठो र प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। शैक्षिक सफलता हासिल गर्नेहरूमा डा. टीका भण्डारी, डा. हरिप्रसाद कट्टेल, डा. जीवनमणि पौडेल, डा. केदारमणि नेपाल र डा. डिल्लीराम भण्डारी छन्।

यी पाँचै जनाको घर एउटै वडा र टोलमा मात्र नभई उनीहरूले माध्यमिक तहको शिक्षा पनि स्थानीय कवि शिरोमणि माध्यमिक विद्यालयबाटै पूरा गरेका थिए। फरक–फरक विषयमा विद्यावारिधि गरे पनि उनीहरू सानैदेखिका मिल्ने साथी र पढाइमा निकै जेहेन्दार रहेको डा. हरिप्रसाद कट्टेलले बताए। संगीतकार एवं रेडियो नेपालका पूर्वनिर्देशक डा. टीका भण्डारीले गाउँको शैक्षिक पहिचानलाई उँचो बनाउन पाएकोमा गौरव व्यक्त गरे।

विगतमा एउटै विद्यालय र वातावरणमा हुर्किएका समकालीन विद्यार्थीहरूले पढाइको सर्वोच्च तह पूरा गर्दा स्थानीय समुदाय र विद्यालय परिवारमा खुसी छाएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले यो उपलब्धि समग्र वडाकै लागि गौरवको विषय भएको र यसले नयाँ पुस्तालाई कडा मिहिनेतका साथ अध्ययन गर्न ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ