arrow

सभापति गगनलाई सुजाताको बधाई, कानूनको व्याख्या धेरै नगरी परिवर्तनलाई स्वीकार्न आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
sujata-koirala.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिँदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छिन् ।

सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देशमार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन् । ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु’ उनले भनेकी छिन् ।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र काननको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ