arrow

निर्वाचन आयोगमा विश्वप्रकाशको आग्रह: 'कांग्रेस विवादले चुनाव नरोकियोस्, आयोगले निर्णय दिन ढिला नगरोस्' [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
bishwaptakash-ss.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्मानिर्वाचन आयोगमा विश्वप्रकाशको आग्रह: 'कांग्रेस विवादले चुनाव नरोकियोस्, आयोगले निर्णय दिन ढिला नगरोस्'ले पार्टीभित्रको विवादका कारण आगामी निर्वाचनको कार्यतालिका प्रभावित हुन नहुने बताएका छन्। शुक्रबार निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता सम्बन्धी जानकारी गराउँदै उनले निर्धारित समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए।

गगन थापा नेतृत्वको कांग्रेसले निर्वाचनको तयारी तीव्र पारेको जानकारी दिँदै शर्माले अबको दुई दिनभित्र देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउने दाबी गरे। पार्टीले संसदीय बोर्ड गठन गरिसकेको र घोषणापत्र तयारीको टोलीले पनि काम गरिरहेको उनले बताए। माघ ६ गते उम्मेदवारी मनोनयनको समय नजिकिँदै गर्दा निर्वाचन आयोगले आधिकारिकताको निर्णय दिन ढिलाइ गर्न नहुने उनको भनाइ छ।

उनले भने, “पार्टी सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन भइसकेको छ र हामी अबको दुई दिनभित्र उम्मेदवारी टुङ्ग्याउने गरी तम्तयार छौँ। कांग्रेसको आन्तरिक कारणले निर्वाचन रोकिनु हुँदैन, आयोगले निर्णय दिन ढिलाइ नगरोस्। आयोगको निर्णयपछि हामी देशभर निर्वाचनको माहोल बनाउन पूर्ण रूपमा सहयोग गर्नेछौँ।” उनले आयोगले प्रचलित कानुन र पार्टी विधानअनुसार चाँडो निकास दिनेमा आफूहरू विश्वस्त रहेको समेत उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ