arrow

रास्वपालाई बलियो बनाउने गतिविधिमा सरकार नै संलग्न रहेको बस्नेतको आरोप [भिडियो]

लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकीलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैँ लागेको पुष्टि भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
mahesh-basnet-uml-01-10.jpg

काडमाडौँ । नेकपा (एमाले) यही माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ । पार्टी सचिव महेश बस्नेतले बिहीबाार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी दिए ।

उनले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताए । उनले अझै पनि जेन-जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरू फिर्ता गर्न नसकिएको उल्लेख गरे ।

उनले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाए । लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकीलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैँ लागेको पुष्टि भएको दाबी उनले गरे।

उनले भने, ‘यही माघ ४ गते हामी खुला सभामार्फत नेकपा (एमाले) चुनावमा होमिएको सन्देश दिँदैछौँ । हामीले चुनावमा भाग लिन्नौँ भनेर कहिले पनि भनेका छैनौँ । अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले प्रहरी र प्रशासनको मनोबल कमजोर छ । न्यायालय र सेनाको मनोबल कमजोर छ । प्रहरीहरू घाइते छन् । लुटिएका हतियार र भागेका कैदीहरु अझै फिर्ता भएका छैनन् । अपराधिक गतिविधि अहिले पनि बढिरेहका छन् । अदालत जल्ने कुरा आफ्नो ठाउँमा छ । न्याय नै जलिरहेको छ । सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ । रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरु मन्त्रीहरूको चाला अहिले पनि सुध्रिएको छैन । सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरूको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठुला दलहरुका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले-कांग्रेसलाई कमजोर बनाउने प्रयत्न हो ।’

कांग्रेस-एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरूको चालामाला ठीक नभएको उनको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ