arrow

सिमलताल दुर्घटनाको १८ महिनापछि त्रिशूली किनारमा भेटियो 'गणपति डिलक्स'

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाए भने बाँकी २८ जना बेपत्ता भए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
simaltal-accident-place-82-.jpg

काठमाडौँ। गत असारमा चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको 'गणपति डिलक्स' बसको अवशेष १८ महिनापछि फेला परेको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ स्थित द्वोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गाडीका पाटपुर्जाहरू फेला परेका हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु, तनहुँबाट खटिएको सुरक्षा फौजले खोजतलासका क्रममा 'गणपति डिलक्स' नाम लेखिएको गाडी फेला पारेको हो। नदी किनारमा गाडीको केही भाग देखिएपछि सुरक्षाकर्मीले खोजी गर्दा उक्त गाडीको पहिचान भएको हो।

२०८१ असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पहिरोसँगै त्रिशूलीमा खसेका थिए।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाउन सफल भएका थिए भने बाँकी २८ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये हालसम्म १४ जनाको मात्रै शव फेला परेको छ भने अन्य अझै बेपत्ता रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ