कांग्रेसको नयाँ नेतृत्व चयन मंगलबार, प्रतिनिधिको हस्ताक्षर ७० प्रतिशत पुर्याउने दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
1.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको संख्या दुई हजार छ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताए ।
संस्थापन पक्ष विधानले नचिन्ने भन्दै उनले पार्टीका नेताहरूलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे ।
उनले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्याएर देखाइदिने बताए। मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र शुरू हुने पनि जानकारी दिए ।
उनले भने, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो दुई हजार छ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेका छन् । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरूलाई आग्रह गर्दछु-६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पुर्याएर देखाइदिन्छौँ । भोलि हाम्रो ९ बजे बन्दसत्र शुरू हुन्छ । नौ ओटा ग्रुपहरू रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन शुरू हुन्छ ।’
मंगलबार निर्वाचन, अनुशासन, केन्द्रीय समितिलगायतका समितिहरू भंग गर्ने उनले बताए।