arrow

पुल एकातिर र नदी अर्कोतिर हुन सक्दैन, बहुमत प्रतिनिधि जहाँ छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
mahesh-acharyas.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीको विशेष महाधिवेशन पक्षको विजय भएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशभरका महाधिवेशन प्रतिनिधिहरूको व्यापक उपस्थितिले विशेष महाधिवेशन पक्षधर नै 'नेपाली कांग्रेस' हो भन्ने पुष्टि भएको जिकिर गरे।

आचार्यले पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीचको सम्बन्धलाई पुल र नदीको रूपमा चित्रण गर्दै निकै घतलाग्दो तर्क गरे। "पार्टीको नेता पुल एकातिर लिएर उभिने अनि मेची–महाकालीका प्रतिनिधिहरू नदीको रूपमा अर्कोतिर उभिने? नदी र पुल अलग भएर बस्नै सक्दैनन्," उनले भने, "नदी एकातिर र पुल अर्कोतिर हुनु विडम्बना हो। बहुमत महाधिवेशन प्रतिनिधि जहाँ छन्, त्यहीँ पार्टी हुन्छ।"

उनले यो उपस्थितिले विधान अनुसार पार्टी चल्नुपर्छ भन्नेहरूको जीत भएको र यसले पार्टीभित्र विधिको पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे। अबदेखि कांग्रेस हिजो र आजको जस्तो मात्र नरहने बताउँदै उनले बहुमत प्रतिनिधिको भावनालाई लत्याउने चेष्टा कुनै पनि पदाधिकारीले गर्न नहुनेमा जोड दिए। साथै, उनले देशलाई नयाँ दिशा दिने कार्यभारसहित अगाडि बढ्न युवा नेताहरूलाई विशेष आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ