विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएका होइनौँ: करुणा कटुवाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
849
Shares
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले विशेष महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताइन्।
उनले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरिन् ।
विशेष महाधिवेशन कांग्रेसको निकासका लागि मात्रै नभई देशकै निकास निकाल्नका लागि आवश्यक भएको बताए ।
कांग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरू सहभागी भएको उनले उल्लेख गरिन् ।
उनले भने, ‘नेपाली कांग्रेसलाई मात्रै निकाश होईन देशको निकासका लागि यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासका लागि हाम्रो पुस्ताको भावनालाई समेट्नका लागि यो विशेष महाधिवेशन हो। यो कुनै फुटको होइन, कुनै तिक्तताका लागि होइन । कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन। यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयासमात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होइनौँ । हामी नेपाली कांग्रेसको दिशा निर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’
उनले विशेष महाधिवेशनले आगामी निर्वाचनमा काँग्रेसलाई नयाँ उत्साहका भोमिन सहयोग गर्ने बताए ।