arrow

विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम जारी, यस्तो देखियो ड्रोनबाट महाधिवेशनस्थल [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
congress-special-general-assam-82-9-27pppqq (9).jpeg

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ । दिउँसो उद्घाटन सत्र चलिरहेको छ । महाधिवेशन प्रतिनिधिहरू सबै जिल्लाबाट आएका छन् । उपत्यकाका विभिन्न छ स्थानबाट बिहान निस्केको जुलुस कार्यक्रम स्थल भृकुटीमण्डपमा आएसँगै उद्घाटन सत्र चलिरहेको हो । 

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन र बिरुवामा पानी हालेर संयुक्त रुपमा दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरे । 

त्यससँगै नेताहरुबाट विचार राख्ने क्रम चलिरहेको छ । त्यस्तै सांस्कृतिक समूहबाट कांग्रेसलाई जागरुक गराउने गीतहरुसमेत प्रस्तुत भइरहेका छन् । 

विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ । 

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । 

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि भइरहेको हो । 

उक्त भृकुटीमण्डपस्थलमा देखिएको कांग्रेसको विशेष महाधिवेशन ड्रोनबाट यस्तो देखिएको छ । 
 

congress-special-general-assam-82-9-27pppqq (2).jpeg
congress-special-general-assam-82-9-27pppqq (3).jpeg
congress-special-general-assam-82-9-27pppqq (4).jpeg
congress-special-general-assam-82-9-27pppqq (5).jpeg
congress-special-general-assam-82-9-27pppqq (6).jpeg
congress-special-general-assam-82-9-27pppqq (7).jpeg
congress-special-general-assam-82-9-27pppqq (8).jpeg
congress-special-general-assam-82-9-27pppqq (9).jpeg
congress-special-general-assam-82-9-27pppqq (10).jpeg
congress-special-general-assam-82-9-27pppqq (4).jpg
congress-special-general-assam-82-9-27pppqq (5).jpg
congress-special-general-assam-82-9-27pppqq (6).jpg
congress-special-general-assam-82-9-27pppqq (7).jpg
congress-special-general-assam-82-9-27pppqq (8).jpg
congress-special-general-assam-82-9-27pppqq (9).jpg
congress-special-general-assam-82-9-27pppqq (10).jpg
congress-special-general-assam-82-9-27pppqq (11).jpg
congress-special-general-assam-82-9-27pppqq (12).jpg
congress-special-general-assam-82-9-27pppqq (1).jpg
congress-special-general-assam-82-9-27pppqq (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ