रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको अद्यावधिक सूची
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
931
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि रास्वपाले आफ्नो तर्फबाट परिमार्जित सूची आयोगमा पेस गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार निर्वाचन आयोगको निर्धारित कार्यतालिका भित्रै रहेर समानुपातिक उम्मेदवारहरूको सूची अद्यावधिक गरी बुझाइएको छ। रास्वपाले यो सूची तयार गर्दा विभिन्न पेशागत पृष्ठभूमि, भौगोलिक क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवारहरू चयन गरिएको दाबी गरेको छ। उज्यालो नेपालसँगको राजनीतिक सहकार्य टुङ्गिएपछि पार्टीले आन्तरिक छलफल गरी नामावलीलाई अन्तिम रूप दिएको हो।
निर्वाचन आयोगले दलहरूबाट प्राप्त सूचीहरूको आवश्यक अध्ययन र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ। आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा रास्वपा लगायतका प्रमुख राजनीतिक दलहरू यतिबेला उम्मेदवार छनोट, व्यवस्थापन र दर्ता प्रक्रियालाई तीव्र गतिमा अघि बढाइरहेका छन्।