arrow

कांग्रेसको दोस्रो विशेष महाधिवेशनले तात्यो काठमाडौँ [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
nepali-congress-second-special-general-convention-hamrakura.jpg

काठमाडौँ । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनका कारण बिहानैदेखि काठमाडौँको माहोल राजनीतिक रूपमा निकै तातिएको छ। देशभरबाट आएका हजारौँ महाधिवेशन प्रतिनिधि, नेता र कार्यकर्ताहरूको उपस्थितिले भृकुटीमण्डप र आसपासका क्षेत्र पूरै 'कांग्रेसमय' बनेका छन्।

पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्न आयोजना गरिएको यो महाधिवेशनलाई भव्य बनाउन कांग्रेसले आज राजधानीमा शक्ति प्रदर्शनसमेत गरेको छ। बिहानैदेखि ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरी गरी ६ विभिन्न स्थानबाट बाजागाजा र सांस्कृतिक झाँकीसहितका र्‍यालीहरू निकालिएका छन्। यी सबै जुलुसहरू मुख्य सडक परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर महाधिवेशनको उद्घाटन सत्रमा परिणत भएका छन्।

भृकुटीमण्डपमा प्रतिनिधिहरूको दर्ता प्रक्रिया बिहान ८ बजेदेखि नै सुरु भएको थियो। ७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरी प्रतिनिधिको नाम दर्ता गरिएको छ। तरुण दलका करिब ६ सय स्वयंसेवकहरू सुरक्षा र भीड व्यवस्थापनका लागि खटिएका छन् भने ५० हजारभन्दा बढी शुभेच्छुक र कार्यकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको छ।

आज दिउँसो १ बजे हुने औपचारिक उद्घाटनपछि बन्दसत्र प्रारम्भ भएको छ। यो विशेष महाधिवेशन भोलि सोमबारसम्म सञ्चालन हुनेछ, जसले पार्टीभित्रको वैचारिक र साङ्गठनिक बहसलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ