काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ।
यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेर ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावकै कारण नेपाली बजारमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ।