arrow

हिमाचलमा बस दुर्घटना हुँदा कम्तीमा नौको मृत्यु, ४० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
accident-final.jpg

काठमाडौँ । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार यो दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिब एक सय ४२ किलोमिटर दक्षिण-पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको हो ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ