arrow

ट्रम्पको भनाइप्रति ग्रीनल्याण्डको आक्रोश: सैन्य दबाब स्वीकार्य नहुने चेतावनी

ग्रीनल्याण्डका सबै दलको संयुक्त गर्जन: "हामी अमेरिकी बन्न चाहँदैनौँ, हाम्रो भाग्य हामी आफैँ लेख्छौँ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
trump-20.jpg

काठमाडौँ । ग्रीनल्याण्डका सबै राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू कुनै पनि हालतमा संयुक्त राज्य अमेरिकाको हिस्सा बन्न तयार नरहेको स्पष्ट पारेका छन्। शुक्रबार ग्रीनल्याण्डको संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले हस्ताक्षर गरेको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य यहाँका जनताले नै तय गर्ने र बाह्य हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरिएको छ।

डेनमार्कको सरकारी प्रसारक 'डीआर' का अनुसार दलका नेताहरूले अमेरिकाले ग्रीनल्याण्डप्रति देखाउँदै आएको 'बेवास्ता र असम्मानजनक व्यवहार' प्रति कडा आपत्ति जनाएका छन्। "हामी अमेरिका र अन्य पश्चिमी मुलुकसँग सहकार्य गर्न तयार छौँ, तर कुनै पनि निर्णय अन्तर्राष्ट्रिय कानुन र आत्म-शासन ऐनको आधारमा ग्रीनल्याण्डवासीको सहमतिमा मात्र हुनुपर्छ," वक्तव्यमा भनिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकाले प्राप्त गर्ने विषयमा पुनः विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले "सजिलो वा गाह्रो जुनसुकै तरिकाले पनि सम्झौता हुने" भन्दै ग्रीनल्याण्डका जनताको चाहना भए-नभए पनि आफूले यस विषयमा केही गर्ने बताएका छन्। ट्रम्पले यसअघि पनि ग्रीनल्याण्ड नियन्त्रणमा लिन सैन्य वा आर्थिक दबाब प्रयोग गर्न सक्ने सङ्केत दिँदै आएका छन्।

ग्रीनल्याण्ड डेनमार्कको पूर्व उपनिवेश हो, जसले सन् १९७९ मा आत्म-शासन अधिकार पाएको थियो। यद्यपि, यसको परराष्ट्र र रक्षा नीति अझै पनि डेनमार्ककै मातहतमा छ। हाल यहाँ अमेरिकाको एक महत्त्वपूर्ण सैन्य आधार (थुले एयर बेस) समेत रहेको छ। ट्रम्पको यस महत्वाकाङ्क्षाले डेनमार्क र अमेरिकाबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ