arrow

कांग्रेस विशेष महाधिवेशन

विशेष महाधिवेशनमा ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन

सुरक्षा र व्यवस्थापनका लागि स्वयंसेवकको 'कमाण्ड'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
taru-daal-.jpg

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिएको छ। नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डप र आसपासका क्षेत्रको भीड व्यवस्थापनका लागि करिब छ सय स्वयंसेवकहरू खटाइएको छ।

सहभागीहरूलाई सहजता प्रदान गर्न, आकस्मिक सुरक्षा प्रदान गर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न स्वयंसेवकहरू विभिन्न स्थानमा तैनाथ छन्। महाधिवेशन स्थलमा कुनै पनि स्वास्थ्य समस्या आइपरेमा तत्काल प्राथमिक उपचारका लागि विशेष 'स्वास्थ्य डेस्क' समेत स्थापना गरिएको नेता कटुवालले जानकारी दिए। "हामीले सहभागीको सुरक्षा र सहजतालाई उच्च प्राथमिकता दिएका छौँ," उनले भने।

आयोजकले यस विशेष महाधिवेशनमा देशभरबाट ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुकहरू सहभागी हुने प्रक्षेपण गरेको छ। बिहान ८ बजेदेखि सुरु भएको प्रतिनिधि दर्ता प्रक्रिया अहिले पनि उत्साहजनक रूपमा चलिरहेको छ। दिउँसो १ बजे हुने औपचारिक उद्घाटनअघि काठमाडौँका विभिन्न ६ स्थानबाट शक्ति प्रदर्शनसहितका जुलुसहरू भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने तयारीमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ