प्रतिनिधि सभा निर्वाचन वैशाख २१ मा गर्न उपयुक्त हुने उप्रेतीको तर्क [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
790
Shares
काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राखेका छन् ।
उनले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर दिन निर्वाचन दुई महिनापछि सार्न उपयुक्त हुने तर्क गरेका हुन् ।
शनिबार काठमाडौँमा आयोजित आगामी फागुन २१ मा हुने निर्वाचनको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले पनि त्यसको व्यवस्था गर्न पनि निर्वाचन तोकिएको मितिबाट केही समय पछि सार्न आवश्यक रहेको बताए ।
पूर्वकार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।
उनले जेन-जी आन्दोलनले सचेत गराएको उल्लेख गर्दै निर्वाचनलाई फेस गरेर अघि बढ्दा नै मुलुकको हित हुने बताए ।
संविधान सभा सदस्य एवं कानूनविद् डा. खिमलाल देवकोटाले विद्यमान संवैधानिक प्रावधानमा संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई सही ढंगले अघि बढाउनसक्ने अवस्था नआउने दाबी गरे ।